आज:  | Thu, 22, Feb, 2024

रामचन्द्र पौडेललाई ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड

२०७७, १८ बैशाख बिहीबार १२:२३ मा प्रकाशित ( ३ साल अघि) २२५०७ पाठक संख्या

जापान सरकारले प्रदान गर्ने ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्डलाई यो बर्ष नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाउने भएका छन् ।
उनले नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकोले ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ दिने निर्णय गरेको जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
उनी सभामुख भएको बेलामा जापान-नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

खबर एक्सप्रेस