आज:  | Thu, 22, Feb, 2024

कोभिड १९ को आशंकामा हालसम्म ५८ हजार भन्दाधेरै परिक्षण

२०७७, १८ बैशाख बिहीबार २०:२० मा प्रकाशित ( ३ साल अघि) २४६१५ पाठक संख्या

काठमाडौं, वैशाख १८ गते ।
कोरोना भाईरस कोभिड १९ को आशंकामा हालसम्म ५८ हजार ८ सय ७१ जनाको परिक्षण गरीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जसमध्य १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९, कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण गरिएको छ ।
जसमा काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी ८० जना शंकास्पद बिरामी आइसोलेसनमा रहेको र देशभर २३ हजार ३ सय ३६ जना क्वारिन्टनमा रहेका जसमा प्रदेश १ मा २ हजार ५ सय ७६, प्रदेश २ मा १ हजार ४ सय, बागमतीमा ५ सय ५१, गण्डकीमा ५ सय ९३, प्रदेश ५ मा १२ हजार ७ सय ५२, कर्णालीमा ३ हजार ९ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना क्वारिन्टनमा रहेका छन् ।

खबर एक्सप्रेस