आज:  | Tue, 16, Apr, 2024

नायिका शिल्पा मास्केको लकडाउन अनुभव

२०७७, १९ बैशाख शुक्रबार १५:१८ मा प्रकाशित ( ३ साल अघि) ५०४०७ पाठक संख्या

पोखरा ब्यूरो, वैशाख १९ गते । सुदिप पौडेल
चलचित्र द ब्रेकअप बाट नेपाली चलचित्र क्षेत्रमा पहिला चालेकी शिल्पा मास्केले कागजपत्र , सानो मन , काठपुतली जस्ता चलचित्रमा अभियान गरेकी छन । उनले थुप्रै म्युजिक भिडियो , फोटोसुट , एड पनि गरिसकेकी छन् । उनले नेपाली चलचित्र क्षेत्रमा मात्र नभई हलिउड , बलिउडमा पनि अभिनय गरेकी छन् । शिल्पा मास्केले हलिउडमा डाक्टर स्ट्रेन्ज, मिसन इम्पोसिभल, फलआउट जस्ता चलचित्रमा अभिनय गरेकी छन भने हलिउड सर्ट फिल्म एलिफेन्टुमा पनि अभिनय गरेकी छन् । बलिउड चलचित्र गोल्डमा अभिनय गरेकी शिल्पा पछिल्लो समयमा नेपाली चलचित्रमा ब्यस्त छन् । उनका चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन नगरे पनि शिल्पाको अभिनयको भने दर्शकले खुलेर तारिफ गर्छन् । आफ्नो पात्रलाई शिल्पाले न्याय दिने गरेको केहि चलचित्रक्रमी बताउछन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । शिल्पाले पनि आफ्नो यो समय परिवारसँग बिताएको बताईन । शिल्पाले यो समयमा आफुलाई प्रोड्क्टिभ बनाउन प्रयास गरेको जानकारी दिएकी छन् । कोरोना भाईरस कारण गरिएको यो लकडाउन सबैको लागि भएका कारण यस्को पुर्ण पालना गर्न आग्रह गरेकी छन् । यो लकडाउनका कारण लामो समयसम्म घरबाट बाहिर निस्किन नपाउदा धेरैलाई अत्यार र निराश लागेको भए पनि यस्तो परिस्थितिमा धैर्यता र सकारात्मक सोच राख्न उनले आग्रह गरेकी छन् । यो समय प्रोड्क्टिभिटी चेक गर्न समय नभएका कारण प्रोड्क्टिभ हुने चाहानामा आफुले आफैलाई प्रेसर नदिन र फुलाई जे कुरा गर्न सजिलो लाग्छ त्यही गर्न उनले आग्रह गरेकीछन् । घरमै बसेर व्यायाम गर्दा शरीरलाई उत्साहित बनाउने बताइन् । सामाजिक संजाल धेरै प्रयोग गर्दा र टिभि धेरै हेर्दा मानिसको दिमागलाई डल बनाउने हुँदा यस्को प्रयोग धेरै नगर्न पनि उनले आग्रह गरेकी छन् । उनले कोरोना भाईरस सम्बन्धि समाचारको अपडेट रहन पनि आग्रह गरेकी छन् ।

खबर एक्सप्रेस