आज:  | Tue, 20, Feb, 2024

थप दुई जना कोरोना संक्रमित भेटिए

२०७७, १९ बैशाख शुक्रबार १५:२७ मा प्रकाशित ( ३ साल अघि) २५७३१ पाठक संख्या

काठमाण्डौं १९ बैशाख, शुक्रबार

नेपालमा आज थप दुई जना कोरोना संक्रमित भेटिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्जमा ६० बर्षिय एक पुरूष र रूपन्देहीमा २५ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश पाँचमा भने पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

खबर एक्सप्रेस