आज:  | Sat, 17, Feb, 2024

डा. रुना झा विश्वका पाँच महिलामध्ये परीन्

२०७७, २० बैशाख शनिबार १३:०९ मा प्रकाशित ( ३ साल अघि) २२५६९ पाठक संख्या

काठमाडौ, बैशाख २० गते ।
कोरोना भाईरस नियन्त्रण उत्कृष्ट कार्य गर्ने विश्वका पाँच महिला मध्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झा परेकी छन्।
संयुक्त राष्ट्रसँघीय युएन वुमनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रूना झालाई कोरोना भाइरसविरूद्वको लडाइँमा अग्रपंक्तिमा बसी स्वास्थ्यमोर्चा सम्हाल्ने विश्वका उत्कृष्ट पाँच महिलामध्ये छनौटमा परेकी छन्। उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पताल प्रयोगशालामा जोखिम मलेर दिनको औसत ७०(८० जना बिरामीहरुको स्वास्थ्य परीक्षण गर्ने गरेकी छन् ।
‘डे फर सेफ्टी एन्ड हेल्थ एट वर्क’ को अवसरमा संयुक्त राष्ट्र संघअन्तरगत रहेको युएन वुमनले कोराना भाइरसबिरुद्ध फ्रन्टलाइनमा काम गर्ने लाखौँ महिलामध्ये पाँच जनाको कथा प्रकाशित गरेको छ । यसमा उनी पर्न सफल भएकी छन् । उनको सबै कथालाई समेत प्रकाशन गरेको छ ।  उनीसँगै चीनकी यान सेङलियान, जोर्डनकी अमाल अल महायरा र हदिल दबाइबेह, कजाकिस्तानकी डिना स्माइलोभा र एन्टीगुआकी रायान्सिया हेनरीको कथा प्रस्तुत गरिएको छ ।

डा. रुना झा को पूरा कथा यहाँ छ  यहाँ क्लिक   

 


 

खबर एक्सप्रेस