आज:  | Sun, 18, Feb, 2024

सरकारलाई राष्ट्रियसभा सदस्य कोमल वलीका सुझाव

२०७७, २० बैशाख शनिबार १४:५२ मा प्रकाशित ( ३ साल अघि) २८१४९ पाठक संख्या

काठमाडौ, बैशाख २० गते ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाँच नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहसँग आगामी नीति तथा कार्यक्रम र बजेटका लागि मन्त्रालयले कस्ता प्रकारका नीति र कार्यक्रम ल्याउनुपर्ला भन्ने विषयमा राय सुझाव सल्लाह लिएका छन्।
जसमा राष्ट्रियसभा सदस्य कोमल वलीले आफ्ना सुझाव पेश गर्दै अहिले कोरोनाभाइरसका कारण धेरै समस्याहरु रहेकोले यो समयमा यस्तो किसिमको छलफलले परिणाम आउने कुरा ब्यक्त गर्दै आफ्ना सुझाब र धारणा पेश गरेकी छन् ।

सांसद वलीले सरकारलाई निम्न सुझाब सहितका योजना माग गरेकी छन् ।
१. अहिले हामी समस्यामा परेकाछौं त्यसैले बजेटको आकार पनि खासै ठुलो आउँछ जस्तो लाग्दैन त्यसैले यो छलफलको औचित्य कति छ भन्ने बारे आफुले नबुझेको बताउँदै बजेट जति हुन्छ समानुपातिक ढंगले वितरण गरियोस।
२. संघीयताको मर्म अनुसार आयोजनाहरु प्रदेशको कार्यक्षेत्रमा पर्ने प्रदेशमा पठाईदिने ,स्थानीय तहको कार्यक्षेत्रमा पर्ने स्थानीय तहमा पठाईदिने व्यवस्था होस् ।
३. कोरोनाका कारण अहिले ठुलो मारमा परेको पर्यटन क्षेत्र , सेवा क्षेत्र होटल रेष्टुरेन्ट, होमस्टे र एयरलाईन्सहरुलाई ध्यान दिन मन्त्रालयसंग माग गर्दै उनिहरुले बैंकबाट ऋण लिएर लगानि गरेका छन् ऋणको भाका नाघेको छ त्यसलाई सरकारले सम्बोधन गर्न माग गरीन्।
४. यो वर्ष निर्माणाधिन बहुबर्षिय ठुला आयोजनाहरु मात्र निरन्तरता गरियोस ।
५. विभिन्न व्यक्ति व्यक्तिका नाममा संस्थान प्रतिष्ठानहरु खुलेका छन् त्यस्ता प्रतिष्ठानहरुलाई धेरै पैसा करिब ५० र ६० करोड वर्षेनि बाँड्ने चलन छ त्यो पनि अहिलेलाई बन्द गर्न सके राम्रो सन्देश जाने सुझाब दिईन ।
६. नेपाल एयरलाईन्सको ३५ अरब भन्दा बढि ऋण छ यसको सावाँ व्याज तिर्नलाई समस्या होला हर्जना नलाग्ने गरि किस्तालाई पुनर्तालिकीकरण गर्ने किसिमले त्यसलाई पनि हेर्न सरकारको ध्यान केन्द्रित गरिन ।
७. हाल चालु रहेको तुल्सीपुर उपमहागनरपालिकास्थित टरिगाउँ विमानस्थलको विस्तारका लागि बजेट छुट्याउने र कार्यान्वयन होस् ।
८. दाङको प्रस्तावित नारायणपुर विमान स्थलका लागि वजेट छुट्याईयोस् ।
९. साँस्कृतिक धरोहरहरु, पुरातात्विक र धार्मीक मठमन्दीर लगायत जात्रा पर्वहरुलाई दिईदै आएको बजेट कटौति नहोस र चौघेरा पिठको बजेट निरन्तरता होस् भनि माग गरिन।
१०. सम्बृद्ध नेपाल खुसी नेपालीको नारा साकार पार्न काठमाडौंमा सबै विधाका हाँस्य व्यँग्य क्षेत्रलाई समेट्ने गरि हाँस्ने घर निर्माणका लागि सरकारले यसपटकको बजेटमा समाबेस गर्न माग गरिन ।

 

खबर एक्सप्रेस