आज:  | Mon, 15, Apr, 2024

रामायण टेलिशृंखलाले विश्व रेकर्ड कायम गर्‍यो

२०७७, २१ बैशाख आईतवार १४:२२ मा प्रकाशित ( ३ साल अघि) १४६०२ पाठक संख्या

लकडाउनको समयमा भारतिय च्यानल दूरदर्शनले आफ्नो चर्चित टेलिशृंखला  ‘रामायण’ लाई २८ मार्चदेखि पुनः प्रसारण गरेको थियो हो। १६ अप्रिलसम्म आईपुग्दा यो कार्यक्रम हेर्नेको संख्या ७ करोड ७० लाखभन्दा धेरैले भए ।सबैभन्दा बढी हेरिएको टेलिभिजन टेलिशृंखला  “गेम अफ थ्रोन” को रेकर्डलाई उछिन्दै “रामायण” सबैभन्दा बढी हेरिएको टेलिभिजन सो बन्न पुगेको छ।

कार्यक्रमको नयाँ रेटिङ गर्दा ‘रामायण’ ले पुरानो सबैभन्दा धेरै हेरिएको टेलिभिजन सोलाई पनि पछाडि पारेको छ। रामायण पहिलोपल्ट सन् १९८७ को जनवरी २५ देखि १९८८ जुलाई ३१ सम्म प्रसारण भएको थियो।

१६ अप्रिलसम्म यो कार्यक्रम ७ करोड ७० लाखभन्दा धेरैले हेरेर विश्वमा नै धेरै हेरिएको टेलिभिजन कार्यक्रम बनेको दूरदर्शनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिएको छ ।

खबर एक्सप्रेस