आज:  | Mon, 15, Apr, 2024

लकडाउन बारे सरकारको फितलो तयारी

२०७७, २२ बैशाख सोमबार ०८:१६ मा प्रकाशित ( ३ साल अघि) ११७१९ पाठक संख्या

काठमाडौ,बैशाख २२ गते ।
कोरोना भाइरसको कारण देशभर लकडाउन छ । लकडाउनलाई खुकुलो बनाउने चर्चा चलीरहेको बेला नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकारले उच्च जोखिम रहेको भन्दै फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकमा सो बारे छलफल भएको आजको नागरिकले लेखेको छ । छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेको र पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै लकडाउनलाई जेठ १० सम्म बढाउने विषयमा छलफल भएको थियो। केही मन्त्रीले भने कोरोना प्रभावित क्षेत्रहरुलाई वर्गीकरण गरी लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने लकडाउनलाई पुनराबलोकन गर्ने गृहकार्य थालनी गरेको छ जसमा जसअनुसार अब स्वास्थ्य सम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ । 
ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने जानकारी दिएको छ ।यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिने जानकारी प्राप्त भएको छ ।
नेपालमा आइतबारसम्म ७५ जना संक्रमित देखिएका छन भने १६ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

खबर एक्सप्रेस