आज:  | Thu, 22, Feb, 2024

पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेको बारे अमिर खान बोले म त्यस्तो मानिस होइन

२०७७, २२ बैशाख सोमबार १२:४० मा प्रकाशित ( ३ साल अघि) २५५७६ पाठक संख्या

बलिउड नायक आमिर खानले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरेको समाचारलाई झुट हो भनेका छन् ।
केहीदिनदेखी बलिउड नायक आमिर खानले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे भन्ने समाचार निकै भाईरल भयो नेपालमा सामाजिक संजाल प्रयोगकर्ताले पनि ब्यापक चर्चापरिचर्चा गरेका थिए।
तर आज नायक आमिर खानले आफ्नो आधिकारीक ट्विटरमा यो खबर झुट भएको जानकारी गरेका छन् । उनले लेखेका छन् म त्यस्तो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो यो पूर्ण रुपमा झुट समाचार हो भन्ने आशय
ब्यक्त गरेका छन् ।

खबर एक्सप्रेस