आज:  | Thu, 22, Feb, 2024

सरकारले अब जर्मनीबाट कीट खरीद गर्ने

२०७७, २२ बैशाख सोमबार १३:४३ मा प्रकाशित ( ३ साल अघि) १८८८० पाठक संख्या

काठमाडौँ, वैशाख २२ गते
नेपाल सरकारले कोभिड–१९ को परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने यसपटक भने नेपाली सेनामार्फत जर्मनीबाट ती कीटहरु खरीद गर्न लागेको बताए । मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएकोमा ती सबै आरडिटी कीट प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयमा हाल सिमित कीट मात्र रहेको छ । परीक्षणको कमी हुन नदिनका लागि चाँडै खरिद प्रक्रियाबाट कीट ल्याउँने तयारीमा रहेको सहप्रवक्ता अधिकारीले बताए । सरकारले क्वारेन्टिनमा बसेका सबैको परीक्षण गर्ने उनले बताए ।
अहिलेसम्म क्वारेन्टिनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ ।

खबर एक्सप्रेस