आज:  | Thu, 22, Feb, 2024

लकडाउनको चिन्ताले एक युवाले गरे आत्माहत्या

२०७७, २२ बैशाख सोमबार १५:०५ मा प्रकाशित ( ३ साल अघि) ११८१२ पाठक संख्या

कोभिड १९ का कारण देश लकडाउनमा छ । यही कारण ऋण लिएर मैतीदेवीमा होटेल व्यावसाय गर्दै आएका ३२ वर्षिय एक युवकले आत्माहत्या गरेका छन् ।

आफूले गर्दै आएको व्यवसाय बन्द गर्नु परेपछी दैनिक हातमुख जोड्न र ऋण तिर्न धौधौ परेको र सरकारले बितरण गर्ने राहतका लागि कागजातहरू जुटाउन नसक्दा आत्महत्या गरेको बुझिएको छ। 

मृतकका बृद्ध माता र पिता, पत्नी र एक ८ वर्षीय छोरा छन्।

खबर एक्सप्रेस