आज:  | Tue, 20, Feb, 2024

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अर्थमन्त्रालयबाट करिव चार अर्व रुपियाँ निकासा

२०७७, २२ बैशाख सोमबार १५:५९ मा प्रकाशित ( ३ साल अघि) १२४९४ पाठक संख्या

काठमाडौं वैशाख २२ गते ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अर्थमन्त्रालयबाट करिव चार अर्व रुपियाँ निकासा भएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन् ।
उनले सोमबार संसदको अर्थसमितिमा कोरोनो रोकथाममा सरकारले चालेका कदमहरुमा सहयोग गर्न अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयका लागि एक अर्व ८ करोड, र रक्षा मन्त्रालय मार्पत नेपाली सेनालाई दुई अर्व ३४ करोड र सरकारले स्थापना गरेको कोषमा ५० करोड रुपियाँ गरी तीन अर्व ९२ करोड निकासा भएको जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि बिभिन्न उपायहरु अबलम्बन गर्दै कार्यान्वयन गरिरहेको जानकारी दिएका छन् । कोरोनाको असरले अर्थतन्त्रमा पारेका प्रभाव र अवको कार्यदिशाबारे पनि समितिमा जानकारी दिएका छन् । जोखिम न्युनीकरण गर्नका लागी स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्ति परिचालनमा कुनै कसर बाँकी नराख्ने बताए ।

खबर एक्सप्रेस