आज:  | Sat, 20, Apr, 2024

भोली भुल्केका थप ८ जना संक्रमित डिस्चार्ज हुने

२०७७, २५ बैशाख बिहीबार १९:०९ मा प्रकाशित ( ३ साल अघि) १८५३९ पाठक संख्या

काठमाडौं, बैशाख २५ गते ।
उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित कोशी अस्पताल विराटनगरमा रहेका थप ८ जनामा पछिल्लो दुई पटक पिसिआर चेकमा नेगेटिभ देखिएको छ ।
भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्टमा नेगेटिभ रिपोर्ट आएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई भोली शुक्रबार बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिईएको छ । संक्रमितहरुको दोस्रो स्वाब परीक्षण पनि नेगेटिभ आएपछि डिस्चार्जका लागि सिफारिस गरिएको अस्पताल श्रोतले बताएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र दोस्रो स्वाब समेत नेगेटिभ देखिएका कारण डिस्चार्ज गर्न लागिएको बताईएको छ ।

खबर एक्सप्रेस