आज:  | Mon, 26, Feb, 2024

नारायणकाजी र भिम रावलको ट्वीटले पार्टीमा हंगामा

२०७७, २६ बैशाख शुक्रबार १८:०७ मा प्रकाशित ( ३ साल अघि) १४२६१ पाठक संख्या

२०७७ बैशाख २६ गते

नेकपा स्थायी कमिटीको बैठक अनिस्चित भएपछी नेकपा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले “गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्याग सम्म गर्नुभयो।त्यो कदम ठीक थियो कि थिएन,बहस होला।तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो।हामी पनि हाम्रो पार्टी लाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर पार्टी लाई फुटबाट मात्र होइन,बिसर्जनको  खतराबाट पनि जोगाउनु पर्छ।

भन्ने ट्वीट गरेपछी नेकपामा चर्चाको बिषय बनेको छ ।

उता नेकपा स्थायी कमिटी सदस्य भिम रावलले पनि बैठक अनिस्चित भएसँगै विधान र पार्टी निर्णय कस्ता छन् भन्ने स्मरण गराउदै “आज बोलाईएको नेकपा स्थायी कमिटीको बैठक प्र.मं. र पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको विरोधका कारण स्थगित भएको छ ।पार्टीको विधि, पद्धति र मान्यता अनुसार नचल्ने र आफुखुशी निर्णय गर्ने शैली र व्यवहारले नै पार्टीमा समस्या उत्पन्न भएका छन् । विधान र पार्टी निर्णय कस्ता छन् हेरौंः

ट्वीट गरेका छन् ।

यी ट्वीटले अहिले नेकपा भित्र हंगामा मच्चेको छ ।

खबर एक्सप्रेस