आज:  | Mon, 26, Feb, 2024

पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न लकडाउनमा हामी पुरै तलब पाउने जनता भोकै मर्नुपर्ने ?

२०७७, २६ बैशाख शुक्रबार १८:२५ मा प्रकाशित ( ३ साल अघि) १३६४१ पाठक संख्या

२०७७ बैशाख २६ गते

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलिलाई राजीनामा गर्न सुझाब दिएका छन ।

शुक्रवारबाट शुरू भएको प्रतिनिधि सभाको छैठौं अधिवेशनमा बोल्दै डा.भट्टराईले सांसदहरूले पूरै तलब भत्ता खाने तर जनता भोकै मर्नुपर्ने अवस्था आउनु दु:खद् भएको भन्दै मजदूरलाई राहत दिने कुनै कार्यक्रम नगरेको भन्दै सरकारको तिब्र आलोचना गरेका हुन ।

उनले भने हामी लकडाउनका बेलामा घरमै बस्यौं तर पूरै तलब पायौ तर जनताहरु श्रमिकहरु भोकै बस्नुपर्ने ? लाज लाग्दैन ? भनेर प्रति प्रश्न गरेका छन ।

श्रमिकहरुको बारे सोच्न सरकारलाई डाक्टर बाबुराम भट्टराईले  सुझाब दिएका छन् ।

खबर एक्सप्रेस