आज:  | Sat, 20, Apr, 2024

नेपालगञ्जमा थप एकजनामा कोरोना पुष्टि

२०७७, २६ बैशाख शुक्रबार २०:४० मा प्रकाशित ( ३ साल अघि) २२३२१ पाठक संख्या

काठमाडौं, वैशाख २६ गते । 

बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।

खबर एक्सप्रेस