आज:  | Thu, 15, Feb, 2024

लिपुलेक बारे राप्रपा अध्यक्ष कमल थापाले भारतको विरोध गरेका छन्

२०७७, २६ बैशाख शुक्रबार २३:३३ मा प्रकाशित ( ३ साल अघि) २२६३१ पाठक संख्या

काठमाडौं, वैशाख २६ गते । 

भारतले लिपुलेकसम्म बाटो बनाएकोमा राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्विटर र फेसबुकमा विरोध गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “लिम्पियाधुरा/लिपुलेक नेपाली भुमी हो।त्यहाॅ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ।भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु।यसवारे नेपाल सरकारको उदासिनता खेदजनक छ।यसवारे अविलम्ब आबश्यक कदम चाल्न सरकारसंग माग गर्दछु” भनी

सामाजिक संजाल ट्विटर र फेसबुकमा विरोध गरेका छन् ।

सामाजिक संजाल ट्विटर र फेसबुकमा यसबारे विरोध गदै अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग पनि गरेका छन् ।

खबर एक्सप्रेस