आज:  | Mon, 15, Apr, 2024

लिपु लेक बारे नेपाल सरकारले खेद प्रकट गर्‍यो

२०७७, २७ बैशाख शनिबार १७:१५ मा प्रकाशित ( ३ साल अघि) १२३०८ पाठक संख्या

काठमाडौँ, बैशाख २७ गते । 

नेपाल सरकारले नेपाली इलाकाको लिपु लेक (नेपाल) लाई जोड्ने गरी भारतको ’लिंक रोड’ बनाएर उद्घाटन गरेको खबरप्रति नेपाल सरकारले खेद प्रकट गरेको छ । सरकारका तर्फबाट शनिबार आधिकारिक वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले घटनालाई दुःखपूर्ण भनेको छ । 

सुगौली सन्धि, १९१६ अनुसार लिम्पीयाधुरा, कालापानी र लिपु लेक लगायत महाकाली नदीपूर्वका क्षेत्रहरू नेपालको हो भनेर नेपाल सरकारले निरन्तर भनिरहेको अवस्थामा यस्तो खबर आउनु खेदपूर्ण रहेको वक्तव्यमा जनाइएको छ । “विगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत पनि नेपाल सरकारले यो कुरालाई दोहोर्याएको थियो,” वक्तव्यमा भनिएको छ ।

खबर एक्सप्रेस