आज:  | Mon, 15, Apr, 2024

चीनबाट आयो थप स्वास्थ्य सामग्री

२०७७, २७ बैशाख शनिबार २३:३० मा प्रकाशित ( ३ साल अघि) १२६८० पाठक संख्या

चीनले पठाएको कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि चाहिने स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

चीनले नेपाललाई कोरोना भाइरसको लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सामान शनिबार काठमाडौं आइपुगेको जानकारी दिएकी छन् । उनले ट्वीटर गरी टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका सामाग्री आएको जानकारी दिएकी छन्।

खबर एक्सप्रेस