आज:  | Tue, 20, Feb, 2024

विश्वभरि ४० लाखभन्दा धेरैलाई कोभिड–१९ को संक्रमण

२०७७, २८ बैशाख आईतवार १०:०६ मा प्रकाशित ( ३ साल अघि) १५२८४ पाठक संख्या

काठमाडौं, वैशाख २८ गते ।

विश्वभरि ४० लाखभन्दा धेरैलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएको अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयले बताएको छ । विश्वविद्यालयका अनुसार संक्रमणबाट दुई लाख ७९ हजार ३११ जनाको मृत्यु भएको छ।  जसमा अमेरिकामा ७८ हजार ७९५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । 

कुल संक्रमित ४० लाख २४ नौ जना पुगेकोमा अमेरिकामा सबैभन्दा धेरै १३ लाख नौ हजार ५५० जनामा संक्रमणमा परेका छन्। स्पेनमा दुई लाख २३ हजार ५७८ र इटालीमा दुई लाख १८ हजार २६६ तथा बेलायतमा दुई लाख १६ हजार ५२५ जना संक्रमित छन् । 

खबर एक्सप्रेस