आज:  | Fri, 22, Mar, 2024

“सगरमाथा बिबाद” चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आफ्नो ट्वीट सच्यायो

२०७७, २८ बैशाख आईतवार १५:२१ मा प्रकाशित ( ३ साल अघि) २१११२ पाठक संख्या

चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आफ्नो ट्वीटरमा फोटो सार्वजनिक गर्दै सगरमाथा चीनमा पर्ने बताएको थियो ।

मे २ को ट्वीट “शुक्रबार आकाशमा एक असाधारण सूर्य प्रभामण्डल, कोमोलांग्मा हिमाल माथि देखिएको छ जसलाई सगरमाथा पनि भनेर चिनिन्छ । यो विश्वकै सर्वोच्च शिखर हो जुन चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्दछ ।” यो ट्वीटलाई लिएर सामाजिक संजालमा यो गलत हो भनी चर्को विरोध भएपछि संचारमाध्यमले सच्याएको छ ।

नयाँ सच्याइएको ट्वीटमा “मे १ मा एक असाधारण सूर्य प्रभामण्डल कोमोलांग्मा हिमाल माथि देखिएको थियो, चीन नेपाल सिमानामा अवस्थित विश्वको सर्वोच्च शिखर ।”

चिनियाँ संचारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्कको यो ट्वीटलाई लिएर सगरमाथा नेपालमा पर्ने भन्दै यो ट्वीट सच्याउन माग गरिएको थियो । सामाजिक संजालमा ब्यापक बिरोध आएको थियो ।

खबर एक्सप्रेस