आज:  | Thu, 22, Feb, 2024

राप्रपाले सीमा विवादबारे भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन आग्रह

२०७७, २८ बैशाख आईतवार १८:२२ मा प्रकाशित ( ३ साल अघि) २०८९५ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सीमा विवाद बारे नेपालस्थित भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन संयुक्त विज्ञप्ति मार्फत सरकारलाई आग्रह गरेको छ। त्यस्तै सीमा अतिक्रमणका बारे भावी रणनीति बनाउन सर्वदलीय बैठक आह्वान गर्न पनि ध्यानाकर्षण गराएको छ । आज विज्ञप्ति जारी गदै कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । राप्रपाका तीनै जना अध्यक्ष कमल थापा,पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरेका छन ।

 

खबर एक्सप्रेस