आज:  | Thu, 22, Feb, 2024

कोभिड–१९ बाट हालसम्म ७८जना गैरआवासीय नेपालीहरुको मृत्यु

२०७७, २८ बैशाख आईतवार १९:३८ मा प्रकाशित ( ३ साल अघि) १२८६६ पाठक संख्या

काठमाडौँ, वैशाख २८ गते ।
गैरआवासीय नेपालीहरु कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार निम्न संख्या रहेको छ ।
सबैभन्द ाबढी बेलायतमा ५१ जना, संयुक्त राज्य अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्समा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ ।
नेपाल बाहेक विश्वभर पाँच हजार ४७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ ।
स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा २४५, युएइमा १४९, नेपालमा १०९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन र अष्टे«लियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा छ, स्विट्जरयाण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमार र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

खबर एक्सप्रेस