आज:  | Tue, 20, Feb, 2024

भारतीय राजदूत क्वात्रालाई बोलाएर कुटनीतिक नोट दिइयो

२०७७, २९ बैशाख सोमबार १३:४६ मा प्रकाशित ( ३ साल अघि) १८१०५ पाठक संख्या

काठमाडौं,वैशाख २९ गते । 

भारतले अतिक्रमण गर्न खोजेको लिपुलेक विवादलाई लिएर सरकारको भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएको छ ।

आज लिपुलेक विवादलाई लिएर परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली लगाएत मन्त्रालयका उच्चपदस्त पदाधिकारी लगाएतलाई परराष्ट्र मन्त्रालयमा भेटेका छन् । भेटमा नेपाली भूभाग भित्र रहेको लिपुलेकमा बिना सूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई कुटनीतिक नोट दिइएको छ ।

 

खबर एक्सप्रेस