आज:  | Thu, 22, Feb, 2024

एकै दिन २४ जना कोरोना संक्रमित थपिए

२०७७, २९ बैशाख सोमबार २०:११ मा प्रकाशित ( ३ साल अघि) ९९२१ पाठक संख्या

काठमाडौं,वैशाख २९ गते ।
कोरोना परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएसँगै आज एकैदिन २४ जनामा कोरोना पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमित संख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कपिलबस्तुका ६जना, रुपन्देहीका ६जना र बर्दियाका १ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । बर्दियाको राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालयको जनाएको छ ।

खबर एक्सप्रेस