आज:  | Mon, 15, Apr, 2024

चीनले दियो थप स्वास्थ्य सामाग्री

२०७७, २९ बैशाख सोमबार २०:३६ मा प्रकाशित ( ३ साल अघि) ३३४८१ पाठक संख्या

काठमाडौँ, वैशाख २९ गते ।
नेपाल सरकारलाई चीनले कोरोना भाईरस (कोभिड १९) नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
आज मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।

यसअघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराईसकेको छ ।

खबर एक्सप्रेस