आज:  | Thu, 22, Feb, 2024

नेप्से सूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा

२०७७, ३० बैशाख मंगलवार १३:४२ मा प्रकाशित ( ३ साल अघि) १६५८६ पाठक संख्या

काठमाडौं बैशाख ३० गते

नेप्सेले लकडाउन अवधिभर खुल्ने बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने निर्णय गरेको थियो । सोहि अनुसार आज बजार बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्जले बैशाख ३० गतेदेखि दैनिक २ घण्टा शेयर बजार खोल्ने निर्णय गरेको थियो। सोहि अनुसार विहान ११ बजे खुलेको शेयर बजारमा बिक्री चाप बढ्दा बढेकाे थियाे । बजार खुलेकाे करिव डेढ घणटा अथर्त १२ बजेर २३ मिनेट जाँदा नेप्से सूचक २.०२ प्रतिशतले घटेकाे छ

यस अवधिमा नेप्से सूचक २५ अंकले घटेर १२२६.१५ विन्दुमा झरेको छ। त्यस्तै १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने कारोबारमा आएका सबै कम्पनीको शेयरमुल्य घटेको छ।

खबर एक्सप्रेस