आज:  | Tue, 20, Feb, 2024

वीरगञ्जका दुईजना पत्रकारमा कोरोना पोजेटीभ

२०७७, ३० बैशाख मंगलवार १९:५२ मा प्रकाशित ( ३ साल अघि) १८४४६ पाठक संख्या

वीरगञ्ज, वैशाख ३० गते । 

पर्साको वीरगञ्जका ३९ जनामा पत्रकारमा कोरोना पोजेटीभ देखिएकोमा ति मध्य दुईजना पत्रकार रहेका छन् ।

वीरगञ्जको एक एफएममा कार्यरत पत्रकार र एक जना अनलाईन समाचार पोर्टलका पत्रकार रहेको नारायणी अस्पताल श्रोतले बताएको छ ।

वीरगञ्जका पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले दुरव्यवहार गरेको विरोधमा वीरगञ्ज भरीका पत्रकारहरू सोमबार र मंगलबार वीरगञ्जको घण्टाघरमा धर्ना दिएका थिए भने मंगलबार नै पत्रकारहरुको टोलिले धर्नापछि जिल्ला प्रशासन कार्यालय पर्सामा गई पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

धर्ना दिँदा र ज्ञापनपत्र बुझाउँदा संक्रमण देखिएका दुवै जना पत्रकारहरू पनि सहभागी रहेकाले वीरगञ्जमा सबै पत्रकारहरू त्रसित भएको बताइएको छ । 

आज एकैदिन ३९ जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।

रासस 

खबर एक्सप्रेस