आज:  | Sat, 20, Apr, 2024

एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द

२०७७, ३० बैशाख मंगलवार २०:५९ मा प्रकाशित ( ३ साल अघि) १४९४३ पाठक संख्या

काठमाडौं, वैशाख ३० गते
यसअघि लागु भएको एक जिल्लाबाट अर्को जिल्ला जाने पास सबै सवारी पास गृह मन्त्रालयले बिहीबारदेखी लागू हुने गरी रद्द गरेको छ ।
अब कुनै जिल्लाबाट काठमाडौँ कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृती लिएर मात्र आउन पाउने व्यवस्था लागु गरेको छ ।
जिल्लामा जादा पास दिँनुपरेमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर मात्र पास दिनु पर्ने व्यवस्था लागु गरेको छ ।
देशमा कोरोना सङ्क्रणको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले बिहीबारदेखि लागू हुने गरी यो नियम लागु गरेको छ ।

खबर एक्सप्रेस