आज:  | Tue, 20, Feb, 2024

पर्सामा सेना परिचालन

२०७७, ३० बैशाख मंगलवार २१:१७ मा प्रकाशित ( ३ साल अघि) ७८४४ पाठक संख्या

काठमाडौं, वैशाख ३० गते ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर लागुहुने गरी निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा आज एकैदिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
सूचना

खबर एक्सप्रेस