आज:  | Sat, 20, Apr, 2024

नेपालमा कोरोना संक्रमित संख्या २१७ पुगे, कुन जिल्लामा कति

२०७७, ३० बैशाख मंगलवार २३:३४ मा प्रकाशित ( ३ साल अघि) ११३७८ पाठक संख्या

काठमाडौं, वैशाख ३० गते ।
लकडाउनको ५६औं दिनमा आएर नेपालका नेपालमा कोरोना संक्रमित संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित कुन जिल्लामा कति 
पर्सामा सबैभन्दा धेरै ८२ जना, उदयपुरमा ३० जना, कपिलवस्तुमा २९ जना, बाँकेमा २४ जना, रुपन्देहीमा १६ जना, काठमाडौंमा ४ जना, कैलालीमा ४ जना , बारामा ३ जना, धनुषामा ३ जना, रौटहटमा ३जना, बागलुङमा २ जना, धादिङ २ जना,चितवनमा २ जना,मोरङमा २ जना, झापामा २ जना, महोत्तरीमा २ जना, भक्तपुरमा २ जना, बर्दियामा १ जना, भोजपुरमा १ जना, कञ्चनपुरमा १ जना, सप्तरीमा १ जना र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् ।

खबर एक्सप्रेस