आज:  | Thu, 22, Feb, 2024

नेपाल प्रहरीको तीन डिएसपीको नयाँ दरबन्दी थप

२०७७, ३१ बैशाख बुधबार ०७:०६ मा प्रकाशित ( ३ साल अघि) १८५७० पाठक संख्या

काठमाडौं,बैशाख ३१ गते ।

नेपाल प्रहरीको तीन डिएसपीको नयाँ दरबन्दी थप भएको छ। हालसालै नेपाल प्रहरीको डिआईजीको दरबन्दी कटौती गरेको थियो ।

तीनमध्ये डिएसपीको दुई पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि थप भएको हो । 

हाल प्रहरीमा डिएसपीका ५६ दरबन्दी रिक्त छन् । अब ५९ हुने भएको छ । जसमा बढुवाका लागि एक सयभन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । बुधबार बढुवाको तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ।

गत महिना सरकारले डिआईजीको एक दर्जन दरबन्दी कटौती गरेको थियो । जसले प्रहरी भित्र असन्तुष्टि बढाएको छ ।

खबर एक्सप्रेस