आज:  | Mon, 22, Apr, 2024

“रोग भन्दा भोक ठुलो” भन्ने नाराका साथ लकडाउनमा सहयोग

२०७७, ३१ बैशाख बुधबार १४:२८ मा प्रकाशित ( ३ साल अघि) ३३३८८ पाठक संख्या

बिश्व नै कोरोना महामारीको चपेटामा रहेका बेला नेपालमा हाल सम्म २१७ जना कोरोना संक्रमीत भेटिसकेका छन् भने नेपाल सरकारले जेठ ५ गतेसम्म लकडाउन अवधि राखेको छ ।
यही क्रममा दैनिक ज्याला मजदुरि गरेर खाने मजदुर,विद्यार्थी र अन्य मानिसहरुमा प्रत्यक्ष असर परेको छ ।

यो अवस्थालाई मध्यनजर गरि लायन्स क्लब अफ काठमाडौं गुलमोहर,घट्टेकुलो युवा समाज र कमिङ्ग सून इभेन्ट कम्पनीले “रोग भन्दा भोक ठुलो” भन्ने नाराका साथ एकहप्ता अगाडी देखि घट्टेकुलो आसपासमा रहने मजदुर,विद्यार्थी र अन्य ब्यक्तिहरुलाई बिहान बेलुका खाना खुवाइरहेको छ ।

यो विषम परिस्थितिमा सहयोगको भावनालेमात्र महामारी संङ्ग लड्न सकिने युवा समाजका सदस्यहरुको भनाइ छ भने उहाँहरुले यो कार्यलाई लकडाउन अवधिभर राखिने पनि जानकारी गराउनु भएको छ ।

खबर एक्सप्रेस