आज:  | Sat, 20, Apr, 2024

आजबाट लकडाउनमा कडाई यस्तो छ नियम

२०७७, १ जेष्ठ बिहीबार १०:५८ मा प्रकाशित ( ३ साल अघि) २०९५७ पाठक संख्या

देशमा कोभिड-१९ का संक्रमितको संख्या पछील्लो दिनमा ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार) बाट लकडाउनलाई अझ कडा बनाएको छ ।

यसअघिका बितरण गरेका सबै पास रद्द गरेको छ । अब अत्यावाश्यक नौ क्षेत्रबाहेकका व्यक्तिहरुलाई सडकमा निस्किन कडाइ गरेको छ। गृह मन्त्रालयका अनुसार आजबाट आजबाट राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार एउटा बैंकले काठमाडौंमा दुईवटा शाखा मात्र संचालन गर्न पाउनेछ। सवारी पास भएकाहरु पनि आजबाट एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न पूर्ण रुपमा रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

यी हुन् बिना पास चल्न पाउने सवारी

– स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्सदेखि औषधी उत्पादन र विक्रीवितरणमा संलग्न व्यक्तिहरु
– एम्बुलेन्स, दमकल, शव वाहन
– झण्डावाल सवारी
– कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्था
– सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मी
– खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न व्यक्तिहरु
– फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
– अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधन

जारी गरेको पत्र

 

खबर एक्सप्रेस