आज:  | Tue, 20, Feb, 2024

थप ९ जनामा संक्रमण पुष्टि,नेपालमा संक्रमित संख्या २६७ पुग्यो

२०७७, २ जेष्ठ शुक्रबार २१:०६ मा प्रकाशित ( ३ साल अघि) २६२२७ पाठक संख्या

काठमाडौं, जेठ २ गते ।

कोरोना परीक्षणको पछील्लो रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २६७ पुगेको छ । पछिल्लो संक्रमण हुनेमा काठमाडौं, पर्सा दाङ, उदपुरका संक्रमित छन् । जस अनुसार पर्सा वीरगञ्न निवासी ९, १० वर्षीया बालक तथा २३ र २७ वर्षीया महिला रहेका छन् । त्यस्तै उदयपुर त्रियुगा नपा निवासी २५ वर्षीया पुरुष त्यस्तै दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीया पुरुष रहेका छन् । अर्का संक्रमित काठमाडौ सतुङगल निवासी ७ वषीय बालक छन् ।

खबर एक्सप्रेस