आज:  | Thu, 22, Feb, 2024

भारत सरकारले नेपाललाई २३ टन स्वास्थ्य सामग्री सहयोग पठायो

२०७७, ३ जेष्ठ शनिबार २०:०७ मा प्रकाशित ( ३ साल अघि) १२६१८ पाठक संख्या

काठमाडौं, जेठ ३ गते शनीबार
कोरोनाभाईरस कोभिड १९को उपचार तथा रोकथामको लागी भारत सरकारले नेपाललाई २३ टन स्वास्थ्य सामग्री सहयोग गरेको भारतीय दूतावासले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागी भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालय मै गएर सहयोग हस्तान्तरण गरेका हुने ।
यसै गरी नेपाल सरकारलाई तिब्बत सरकारले दिएका स्वास्थय सामाग्री २ वटा पीसीआर मेसिन, एक हजार थान थर्मल गन, २० हजार टेस्टिङ किट, १० हजार पीपीई र १० हजार एन ९५ मास्क नेपाललाई पठाएको छ । ती सामाग्रीहरु सम्भवत आज काठमाण्डौ आइपुग्ने बताईएको छ ।

खबर एक्सप्रेस