आज:  | Mon, 15, Apr, 2024

आगामी वर्ष पर्यटन क्षेत्रको पुनरुथानमा सरकारले विशेष जोड

२०७७, ३ जेष्ठ शनिबार २२:१६ मा प्रकाशित ( ३ साल अघि) १२१५३ पाठक संख्या

काठमाडौं, जेठ ३ गते शनीबार
आगामी वर्ष पर्यटन क्षेत्रको पुनरुथानमा सरकारले विशेष जोड दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गरीएको हो।

प्रस्तुत नीति तथा कार्यक्रममा हिमालको सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने, ताल तथा वनस्पति उद्यानको विकास गर्दै पर्या पर्यटनको विकास गरिने उल्लेख छ। निजगढ विमानस्थल निर्माण कार्य सुरु गरिनेछ। पोखरा विमानस्थल सम्पन्न गरी सञ्चालनको तयारी गरिनेछ। गौतम बुद्ध भैरहवा विमानस्थल सञ्चालनमा ल्याइनेछ। त्रिभुवन विमानस्थल धावन निर्माण गरिएको र आगामी वर्ष पूर्ण रुपमा बुटिक हुने कार्यक्रममा बताइएको छ।

नेपालका आन्तरिक ८ वटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिने, पहाडी क्षेत्रमा हिल स्टेसन निर्माण गरी होटल निर्माण गर्न प्रोत्साहन गरिने भएको छ। हवाइ उड्डयन क्षेत्रमा नियामक र सेवा क्षेत्र छुट्टा छुट्टै कार्यान्वयनमा ल्याइनेछ। लुम्बिनी अवधारणा कार्यान्वयमा ल्याइनेछ। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने कार्यक्रममा उल्लेख छ।

सरकारले गत वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइने दाबी गरेको थियो। तर अझै निर्माण कार्य सम्पन्न भएको छैन। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइने बताउँदै मौलिक परम्परा र संस्कृति झल्किने गरी यो विमानस्थललाई बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरिने बताएको थियो ।

खबर एक्सप्रेस