आज:  | Mon, 15, Apr, 2024

चोरीमा संलग्न अभियुक्तहरु पक्राउ

२०७७, ३ जेष्ठ शनिबार २२:३६ मा प्रकाशित ( ३ साल अघि) १६५२४ पाठक संख्या

काठमाडौं, जेठ ३ गते शनीबार

चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने राजेश मानन्धरको घरबाट करिब १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको घटनामा संलग्न रही फरार रहेका ६ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डि नगरपालिका-१० का आकाश मगर, कीर्तिपुर नगरपालिका-१० बस्ने सौरभ महर्जन, कीर्तिपुर नगरपालिका-३ कुटुझोल घर भएका २० वर्षीय अभिषेक महर्जन, उदयपुर कटारी नगरपालिका-५ घर भएका १९ वर्षीय अञ्जना मगर, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएकी २४ वर्षीया उषा भन्ने बिमला तामाङ र धादिङ जिवनपुर घर भएकी २० वर्षीया एन्जल भन्ने कबिता मगर रहेका छन् ।

पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कबिता मगरलाई चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट, विमला तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका-३ चिहानघाटबाट प्रहरीले पक्राउ गरेको हो ।

खबर एक्सप्रेस