आज:  | Mon, 26, Feb, 2024

कर्णालीलाई नेता राजिवको पहलमा मायाको एक करोडको सहयोग

२०७७, ४ जेष्ठ आईतवार ०८:०१ मा प्रकाशित ( ३ साल अघि) ११४४० पाठक संख्या

कोरोनासँग जुध्नका लागि कांग्रेस नेता राजिव विक्रम शाहको पहलमा स्व.प्रभाकर शमशेर राणाकी छोरी मायाले आफ्ना बुवाको नाममा कर्णाली प्रदेशलाई एक करोड सहयोग गरेकी छन । देशमा कोरोना महामारी फैलिरहेको समयमा सरकार र मन्त्रीहरु नै भ्रष्टाचारमा संलग्न भईरहेको समाचार आईरहेको बेला कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि यो सहयोग प्राप्त भएको हो।

कुमारी ट्रस्ट मार्फत प्राप्त सहयोग कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भेन्टिलेटर सहित ७० लाख बारबरको सहयोग र प्रदेशका अन्य १० जिल्लाका लागि ३ लाखको दरले ३० लाख गरी १ करोडको स्वास्थ्य सामाग्रीहरू कर्णाली प्रदेशमा पठाईने छ ।

जाजरकोटका कांग्रेस नेता राजिव विक्रम शाहले आफ्नो प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त सहयोग गरेका बताए। समाजसेवाको साथै राजनीतिमा पनि राम्रो छवि भएका शाहले व्यक्तिगत खर्चमा केही समय पहिला जाजरकोटमा अस्पताल समेत निर्माण गरेका थिए । जाजरकोटका सवै स्थानीय तहलाई सर्जिकल बेड दिनेदेखी व्यक्तिगत खर्चमै सुत्केरी हुँन नसक्दा ज्यान जोखिममा परेका गर्भवती महिलाको हेलिकप्टरमा उद्धार गर्नेदेखि झाडापखाला को समयमा औषधी बितरण् सहितका थुप्रै सहयोग गरीरहेका छन् ।

खबर एक्सप्रेस