आज:  | Tue, 20, Feb, 2024

बाँकेको क्वारेन्टिनमा एकजना पुरुषको मृत्यु

२०७७, ४ जेष्ठ आईतवार १०:१४ मा प्रकाशित ( ३ साल अघि) ११९६७ पाठक संख्या

बाँके, जेठ ४ गते ।

बाँकेको नरैनापुरको क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृतकको ब्यक्तिको स्वाब भने हिजो नै संकलन गरिसकेको थियो ।

भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टिनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृत्यु भैसकेको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले बताएका छन् ।

मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने इन्चार्ज खानले बताएका छन्

खबर एक्सप्रेस