आज:  | Thu, 18, Apr, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

२०७७, ४ जेष्ठ आईतवार १६:४३ मा प्रकाशित ( ३ साल अघि) २२७५५ पाठक संख्या

बाँके, जेठ ४ गते ।
बाँकेको नरैनापुरको क्वारेन्टिनमा बसेका एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । मृतकको ब्यक्तिको स्वाब परिक्षणबाट प्रमाणित भएको हो ।
भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टिनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृत्यु भैसकेको थियो ।
मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो यो सँगै नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या २ पुगेको छ ।

 

 

खबर एक्सप्रेस