आज:  | Sun, 03, Mar, 2024

राप्रपा प्रवास विभागको पहलमा भारतमा अलपत्र रहेका नेपालीलाई खाधान्न उपलब्ध

२०७७, ५ जेष्ठ सोमबार १७:२६ मा प्रकाशित ( ३ साल अघि) २९९४७ पाठक संख्या

लकडाउनको कारण भारतको विभिन्न शहरहरूमा अलपत्र परेका,खाध संकट झेलेका नेपालीहरूलाई राप्रपा प्रवास विभागको पहलमा उद्धार तथा खाधान्न उपलब्ध गराउन पहल गरेको छ,भारतमा रहेको दाताहरूको सहयोग लिई विभागले अलपत्र परेका नेपालीहरूलाई खाधान्न,मेडिकल कीट,लगायत अन्य सहयोग पुर्याउन सुरू गरेको छ,यसै सिलसिलामा सिलुगडिमा अलपत्र परेका नेपाली विधार्थिहरूलाई राप्रपा नेता राजाराम वतौलाको आग्रहमा हेटौडा लगायतका मुलुकको विभिन्न जिल्लाका ५३ विधार्थिहरूलाई विगत दुई हप्ता देखि लक डाउन नखुलुन्जेल सम्म खाना र मेडिकल सामान उपलब्ध गराईएको छ, यस्कोलागि सिलगडिका भानुभक्त सेवा समिति मार्फत राजेश मण्डल ,शिवु क्षेत्री लगायतले सहयोग गरेका छन् ।
भारतको महाराष्ट्र स्थित पुणेमा अलपत्र परेका दैलेख लगायत पश्चिमका नागरिकहरूलाई राप्रपा नेतृ पुर्व मन्त्री कुन्ती कुमारी शाही तथा पुणे निवासी नेत्र वहादुर शाहीको आग्रहमा पुणे निवासी व्यवसायी परिवाट आज करिव ५ दर्जन नेपाली हरूलाई खाधान्न सहयोग भएको छ,यी सवै कार्यको व्यवस्थापन प्रशिद्ध हेयर स्टाईलिस्ट व्यवसायी निलडेविट कटुवालको अगुवाइमा भएको राप्रपा प्रवास सम्वद्ध नेता विजय खडकाले जानकारी दिए। उनले भारतको अन्य शहरहरूमा खाध संकट झेलेका प्रवासी नेपालीहरूको सुचना आईरहेको र समस्या समाधान गर्दै जाने प्रयास भईरहेको वताए। प्रवास भारतमा रहेका लाखौं नेपाली नेपाल आउने वातावरण तयार गर्नको लागि नेपाल सरकारसँग जोडदार माग समेत गरेका छन्।प्रवासमा रोजगारि गुमाएर नेपाल फर्कने नागरिकलाई उचित व्यवसायीक आर्थिक, शैक्षिक,स्वास्थ्य लगायतको परामर्श दिन राप्रपा प्रवास विभागले विज्ञहरूको हेल्प डेस्क राख्ने सोचाई रहेको पनि वताए।

खबर एक्सप्रेस