आज:  | Thu, 18, Apr, 2024

आज कोरोना संक्रमित आठजना स्वास्थ्यलाभ गरी घर फर्के

२०७७, ७ जेष्ठ बुधबार १३:५२ मा प्रकाशित ( ३ साल अघि) १४३२३ पाठक संख्या

विराटनगर, जेठ ७ गते ।
विराटनगरको कोसी अस्पतालमा उपचार गराईरहेका आठ जना आज स्वास्थ्यलाभ गरी घर फर्केका छन् । उदयपुरको भुल्के क्षेत्रका आठ जना नागरीक रहेका छन् ।
डिस्चार्ज हुनेमा भारतीय नागरिक मो. सबिर, मो. सलौना, अहमद साइद, सलमान खान र मोरिस खान र उदयपुर भुल्केका इद्रीश मियाँ , गुड्डु आलम र मुस्ताकी रहेका छन् ।
उनीहरुको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदयपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरिदै छ ।
कोरोना उपचारपछि स्वस्थ्य लाभ गरी घर फर्कनेको संख्या अब ४५ जना पुगेको छ ।

खबर एक्सप्रेस