आज:  | Sat, 20, Apr, 2024

कोरोना अपडेटः (जेष्ठ ७ गते )

२०७७, ७ जेष्ठ बुधबार १९:०० मा प्रकाशित ( ३ साल अघि) १८७५६ पाठक संख्या

काठमाडौं, जेठ ७ गते । मंगलबार १९:००
कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कोरोनाभाईरस (कोभिड१९) परीक्षणको पछील्लो रिर्पोटका अनुसार नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अब कोरोना संक्रमितको संख्या ४२७ जना पुगेकोमा ४५ जना स्वास्थ्यलाभ गरी घर फर्केपछि अब संक्रमित संख्या ३८२ जना रहेको छ ।
। आज थप भएका कोरोना संक्रमित बाँकेका ६ जना, धनकुटाका ५ जना, कपिलवस्तुका १३ जना र नवलपरासी पश्चिमका एकजना रहेका छन् । अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जम्मा पिसिआर परिक्षण गरेको ३५,४९४ जना, आरडिटि परिक्षण ७५,०७२ जना, क्वारेन्टिनमा २३,२०२ जना, आईसोलेशनमा ३८० जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४५ जना र दुई जनाको मृत्यु भएको छ ।
विश्वब्यापी विवरण :
———————
परीक्षण भएको संख्या ६२,९७२,७०६ (+६५८,०२२) जना, कोरोना संक्रमण पुष्टि भएको संख्या५,०२७,२९४(+३२,८३३) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या १,९८८,४५४(+२५,०९४) जना, कोरोना संक्रमण भएको संख्या २,७१२,७४८(+१०,३९५) मृत्यु भएको संख्या ३२६,०४७(+९५६) जना।

खबर एक्सप्रेस