आज:  | Sat, 20, Apr, 2024

सामाजिक मन्त्री कोरोना सङ्क्रमितलाई भेटन दैलेख पुगे

२०७७, ८ जेष्ठ बिहीबार १२:४५ मा प्रकाशित ( ३ साल अघि) ११८७४ पाठक संख्या

दैलेख, जेठ ८ गते बिहिबार आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल उनको अवस्था बुझ्न दैलेख पुगेका छन्।

उनले जिल्ला स्वास्थ्य कार्यालयमा छलफल गरेर सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने सबै तयारी गर्न निर्देशन समेत दिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । 

सो अवसरमा मन्त्री रावलले सङ्क्रमित युवकलाई भेटेर आत्मबल बलियो बनाएर बस्न र कोरोनालाई जित्न हौसला दिन आफू यहाँ आएको बताए । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जिल्लाका लागि आवश्यक पर्ने औषधि र स्वास्थ्य सामग्री व्यवस्था गर्न सामाजिक विकासमन्त्रीसँग आग्रह गरेका छन्। 

खबर एक्सप्रेस