आज:  | Tue, 20, Feb, 2024

अब आफ्ना भारतीय साथिहरुसँग कसरी फेस् गर्ने ? नायिका बर्षा राउत

२०७७, ११ जेष्ठ आईतवार ०९:५४ मा प्रकाशित ( ३ साल अघि) २४३३६ पाठक संख्या

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अहिले नेपाल र भारतबिचका मिडिया र केही कलाकार बिच आफ्नो आफ्नो धारणा राख्ने बहस गर्ने कार्य जारी छ । यही विषयमा नायिका बर्षा राउतले भारतसँग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् । आफुले सामाजिक संजालमा एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएकी छन्।

उनले पत्रकारहरुलाई आरोप लगाउदै नेपाल र भारतका पत्रकारले भूमीको विषयलाई लिएर प्रचारप्रसार गरेको कारण् समस्या आएको बताइन। समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिईन । उनले भनिन भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ भन्दै आफ्ना भारतीय साथिहरुसँग कसरी फेस् गर्ने र आफ्ना भारतीय साथीले मसँग कसरी फेस् गर्ने के ? भनेर चिन्ता प्रकट् गरेकी छन् ।

खबर एक्सप्रेस