आज:  | Thu, 22, Feb, 2024

यार्सागुम्बा सङ्कलनमा रोक

२०७७, ११ जेष्ठ आईतवार १९:५५ मा प्रकाशित ( ३ साल अघि) २०१५१ पाठक संख्या

काठमाडौँ, जेठ ११ गते

विश्वभर कोरोना भाइरसको संक्रमण सँगै नेपालमा पनि यसको ठुलो प्रभाव पर्दै आएको छ यस कै कारण धेरै स्थानमा यार्सागुम्बा सङ्कलनमा रोक लगाईएको छ ।
हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्र दार्चुलामा पनि यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ।  यासासङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको छ ।
यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि स्थानीयहरुको आयस्रोतमा ठुलो असरपर्ने देखिएको छ । गतबर्षसम्म यार्सा बिक्रि गरी आफ्नो घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउदै आएका ने दार्चुलाका अधिकांश स्थानीय  नागरिक यसपटक भने भने ठुलो आर्थिक मन्दीमा पर्ने प्रति चिन्तित छन्।
दार्चुलामा ‘तीनदेखि चार हजार मिटरको उचाइमा यार्सागुम्बा टिप्न जेठको पहिलो हप्तादेखि अनुमति दिदै आएको थियो भने यसपटक भने अनुमति नदिने भएपछि हामी स्थानीयवासीहरुमा निराशा छाएकोछ । ‘कोरोनाको जोखिमको चिन्ता भन्दापनि घर खर्च र बालबालिकाको पठनपाठन र लागेको ऋण तिर्न र खाद्यान्न कसरी किन्ने भन्नेमा गाउलेहरु चिन्तित रहेका छा् । । यार्सा बन्द भएपछि स्थानीयवासीले अहिले कसरी ऋण तिर्ने भन्ने समस्या रहेको स्थानियबासीहरुले बताएका छन् ।
यहाँका स्थानीयवासी एक वर्ष अघिदेखि नै व्यापारीबाट उधारोमा सामान खरिद गर्ने गर्छन् भने छोराछोरी जिल्ला बाहिर पढाउनका लागी यही यार्सागुम्बाले सहयोग पुगेको थियो। स्थानीयवासीले यार्सा टिपेर एक सिजनमा रु पाँचदेखि २० लाखसम्म आम्दानी गर्ने गरेका थिए।
अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार मेहता अहिले विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नै निर्णय गरेर यार्सागुम्बाको सङ्कलन अनुमति नदिने निर्णय गरेको बताए । अहिलेको अवस्थामा सङ्कलन अनुमति दिँदा जङ्गलमा पनि जोखिम बढ्ने खतरा हुन्छ’, उनले भने देश पूरै बन्दाबन्दीमा छ सङ्कलनकर्तालाई अनुमति दिएपछि हजारौँको सङ्ख्यामा गएपछि कोरोनाको उच्च जोखिम हुन्छ।’
जिल्लामा वार्षिक पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा सङ्कलन हुने गरेको संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। सङ्कलित यार्सागुम्बाबाट सरकारले मात्रै प्रत्येक वर्ष रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गर्दै आएको छ भने उक्त क्षेत्रका सङ्कलनकर्ताले पनि लाखौँ आम्दानी गर्दै आएका छन्। दार्चुलाको व्यास र अपिहिमाल गाउँपालिकाका विभिन्न वनमा यार्सागुम्बा पाइने गरेको छ।
चिकित्सा प्रणालीमा यार्सागुम्बालाई शरीरको प्राण सञ्चालन गर्ने, प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने, शक्ति बढाउने, शरीरका विभिन्न अङ्गजस्तै मुटु, कलेजो, मिर्गौला, रक्त प्रणाली, श्वास प्रणालीको कार्यक्षमता बढाउने र यौन क्षमता बढाउने सर्वगुण सम्पन्न जडीबुटीका रूपमा लिइन्छ। दार्चुलामा हरेक वर्ष १० हजारको हाराहारीमा यार्सा गुम्बा सङ्कलन गर्न स्थानीयवासी लेक जाने गरेका थिए ।
राष्ट्रिय समाचार समितिले लेखेको छ।

खबर एक्सप्रेस