आज:  | Mon, 26, Feb, 2024

चीन उड्यो हिमालय एयरलाइन्स

२०७७, ११ जेष्ठ आईतवार २०:५४ मा प्रकाशित ( ३ साल अघि) १७३३० पाठक संख्या

काठमाडौँ, जेठ ११ गते
स्वास्थ्य सामाग्री लिन हिमालय एयरलाइन्सको न्यारोबडी ए–३२० जहाज आज चीनको छाङ्शा उडेको छ। कोरोनाभाईरस कोभिड–१९ को लागी आवश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाईन्सको जहाज छाङ्शाका लागी जहाज उडेको छ। चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर्ड गरेको बताइएको छ।
नेपालबाट अन्तर्राष्ट्रि उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीको अवस्थामा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ। पछिल्लोपटक चीनको बेइजिङ, क्वाङ्चौ, छाङ्शालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन्।
रासस

खबर एक्सप्रेस