आज:  | Tue, 20, Feb, 2024

खोक़्रो राष्ट्रवाद मुर्दाबाद : नायिका जल शाह

२०७७, १२ जेष्ठ सोमबार १३:१० मा प्रकाशित ( ३ साल अघि) १७९५० पाठक संख्या

नायिका बर्षा रावतको एक टेलीभिजन अन्तर्वातालाई लिएर बिदेशमा बस्ने कलाकार र पत्रकारले तिब्र बिरोध गरेका छन ।

एकपछी अर्को बिबादमा पर्दै आएकी नायिका बर्षा रावतले  एक टेलीभिजनमा अन्तर्वाता दिएको बिषयलाई लिएर झन बिबादमा तानिएकी छन् अमेरिका बस्दै आएकी नायिका जल शाहले सामाजिक संजालमा लेख्दै आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? आक्रोस पोखेकी छन्  ।

उनी लेख्छिन “आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् ! केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु त्यसैले म विदेशमा वसेको छैन| यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ?  तर यदि  तपाइँको देश प्रतिको  कर्तव्य र योगदान हेर्ने हो भने त्यो  त शून्य छ।  नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलीदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्,आफ़नो परिवारको पेट पलिरहेका छन् । उनीहरूलाई ,मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात  हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन्? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक़्रो राष्ट्रवाद मुर्दाबाद।”

खबर एक्सप्रेस