आज:  | Mon, 26, Feb, 2024

चलचित्र कलाकार संघ पुग्यो अपराध महाशाखा टेकुमा

२०७७, १३ जेष्ठ मंगलवार १४:२२ मा प्रकाशित ( ३ साल अघि) २८८६२ पाठक संख्या

चलचित्र कलाकार संघ केहीदिन यता सामाजिक संजाल लगाएतमा कलाकारको चरित्रहत्या गरिएको घटनालाई लिएर प्रहरी कहाँ उजुरी गरेको छ । हालैका दिनमा प्रविधिको गलत प्रयोग गरि नेपाली चलचित्रकर्मीहरुको चरित्रहत्या गर्ने र जनमानसमा बिकृती फैलाउने कार्य भएको भन्दै त्यस्तो कार्य रोक्न र त्यस्ता कार्य गर्नेलाई यथाशिघ्र नियन्त्रणमा लिई कडा कारबाहीको माग गदै नेपाल प्रहरी अपराध महाशाखा टेकुमा निवेदन दिएका छन्।

चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडका सहितको टोली आज प्रहरी अपराध महाशाखा टेकुमा पुगेर उजुरी दर्ता गरेका छन । उजुरीमा भनिएको छ विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरुको नक्कली अश्लिल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरुको बारेमा भ्रम श्रृजना गरी चरित्र हत्या गर्ने कार्य भएकाले यथाशिघ्र यसको छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दछौ ।भन्दै उजुरी दिएको छ ।

खबर एक्सप्रेस